
अनन्तनाग, 23 जुलाई (हि.स.)। बिहीवार दक्षिण कश्मीरको अनन्तनाग जिल्लामा लश्कर-ए-तैयबा (एल ई टी)- का दुई जना आतङ्कवादीहरूको घर भत्काइदियो।
अधिकारीहरूले बताए, यो कारबाही गए बुधवार अनन्तनागको लाल चौकमा भएको गोलीकाण्डपछि आतङ्कवादीहरूद्वारा एकजना पुलिसकर्मीको हत्या गरिएको एक दिनपछि गरिएको हो।
उनीहरूले बताए, भत्काइएको घर बिजबेहराको गुरी निवासी आदिल ठोकर र हसनपोरा निवासी हारून गनईको थियो। अधिकारीहरू अनुसार यो तोड़फोड़ जिल्लामा आतङ्कवादी तथा उनीहरूको सपोर्ट नेटवर्कलाई ध्वस्त बनाउने कारबाही अन्तर्गत गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा