खरसाङको खहरेमा मतदाता सूचीबाट नाम काटिएकाहरूसित भाजपा टोलीको सभा
Voters name list


खरसाङ, 23 जुलाई (हि.स.)। खरसाङको खहरे बस्तीमा आज एसआईआरपछि नाम काटिएका मतदाताहरुसित खरसाङ भाजपा टोलीले भेट गरेको छ। बुथ नम्बर 183 बाट अन्तिम सूचीमा जम्मा 109 जनाको नाम काटिएको बताइएको छ।

सभामा भाजपा जिल्ला उपाध्यक्ष आरबी लामा, कानुनी सल्लाहकार रमेश अग्रवाल, युवा संयोजक सुमन प्रधान, अध्ययन केन्द्रका डा कमल भुजेल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस बुथबाट जम्मा 109 जनाको नाम काटिएपछि सहयोगका लागि अपील गरिएको थियो।

केही मानिसले फार्म 6 भरेर पनि केही नभएको बताएका छन्। सभामा आएका गुनासोहरूको समाधानका लागि टोलीले उच्च स्तरमा पहल गर्ने बताइएको छ। कतिजनाको मामिला न्यायालयमा विचाराधीन रहेकाले प्रतीक्षा गर्न आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande