
नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले बिहीवार पीएचडी च्याम्बर पाउसमा ‘सेफ स्कूल्स लीडरशिप- 2026'-माथि आयोजित नेशनल समिटलाई सम्बोधन गर्दै स्कूलको सुरक्षा तथा कठिन परिस्थितिको सामना गर्ने क्षमताको लागि एक व्यापक अनि भविष्यको हिसाबले तयार दृष्टिकोणको आवश्यकामाथि बल दिए।
उपराज्यपालले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको कथन रहेको छ- शिक्षा आजीविकाको साधन मात्र होइन, जीवनलाई सर्वश्रेष्ठ बनाउने एक सशक्त माध्यम हो। उनले भने, आज स्कूलको सुरक्षा घेरा भौतिक आधारभित ढाँचासम्म मात्र सीमित छैन। यसमा साइबर सुरक्षा, मानसिक स्वास्थ्य, आपदाको तयारी औ अप्रत्याशित स्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया दिने क्षमता पनि सामेल छन्। देशको राजधानी भएको नाताले सुरक्षित, समावेशी औ कठिन परिस्थितिको सामना गर्न सक्षम, सिक्ने माहोल बनाउनमा उदाहरण कायम गर्ने दिल्लीको एक विशेष जिम्मेवारी हो।
उपराज्यपालले भने, 'नेशनल मोडल स्कूल सेफ्टी टूलकिट' -को लञ्चलाई पनि हेरियो। यो हाम्रा स्कूलहरूमा तयारी तथा बचाउ संस्कृतिलाई संस्थागत गर्ने दिशामा एउटा महत्वपूर्ण कदम हो। यसको लञ्च यसकारणले पनि विशेष छ, किनभने यस जुलाई महिनामा 'बाल सुरक्षा महिना' मनाइरहेको छ जसान्तर्गत बाल-बालिकाहरूको सुरक्षाको लागि केही पहलहरू गरिँदैछ। उनले भने, यस अवसरमा मलाई आफ्ना हजुरबुवा र सरदार तेजा सिंह समुद्रीको सम्झना भइरहेको छ। उनले एक शताब्दिपूर्व सरहाली र लायलपुर जस्ता ग्रामीण क्षेत्रहरूमा स्कूल स्थापना गरे। उनको मान्यता थियो, शिक्षा नै एक मजबुत तथा जागरूक समाजको आधार हो।
उपराज्यपालले भने, सुरक्षित तथा सशक्त बनाउने संस्थानले नै भविष्यलाई आकार दिनसक्छ- उनको यो अटुट विश्वासले आज पनि हामीलाई प्रेरणा दिन्छ। हामी यस्तो स्कूल बनाउने प्रयास गरिरहेका छौं जुन शैक्षणिक रूपमा मात्र उत्कृष्ट नभएर हरेक बाल-बालिकाको लागि सुरक्षित, कठिन अवस्थाको सामना गर्नमा सक्षम तथा त्यसको सही विकास गर्ने किसिमको होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा