
पश्चिम मेदिनीपुर, 23 जुलाई (हि. स.)। जिल्लाको केशियाड़ी थाना क्षेत्रबाट बेपत्ता भएकी एकजना नाबालिकालाई सिकायत दर्ता भएको 24 घण्टाभित्रै पुलिसले सकुशल उद्धार गरेको छ। पुलिसको तत्काल कारबाहीको परिवारले सराहना गरेको छ।पुलिस अनुसार केशियाड़ी थाना क्षेत्रको कानपुरबाट गत 18 जुलाईको दिन एकजना नाबालिका बेपत्ता भएकी थिइन्। परिवारले पहिला आफन्तको घरमा तथा अन्य सम्भावित स्थानहरूमा खोजतलास गऱ्यो, तर कुनै सुइँको नपाएपछि गत 23 जुलाईको बिहान केशियाड़ी थानामा लिखित सिकायत दर्ता गरायो।सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। विभिन्न श्रोतहरूबाट जानकारी एकत्र गरेर अभियान सञ्चालन गऱ्यो। जाँचको क्रममा बेलदाको देउली क्षेत्रबाट नाबालिकालाई सकुशल उद्धार गरियो।पुलिसले बतायो, आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नाबालिकलाई उसको परिवारकहाँ सुम्पिने कारबाही गरिँदैछ। साथै उ बेपत्ता भएको कारण पत्तो लगाउन मामिलाको जाँच भइरहेको छ। सिकायत दर्ता भएको मात्र 24 घण्टाभित्रमा नाबालिकालाई उद्धार गरिएकोमा परिवारले केशियाड़ी थाना पुलिसको सक्रियता तथा तत्परताको प्रशंसा गऱ्यो
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा