
गुवाहाटी, 23 जुलाई (हि.स.)। गुवाहाटीको बोरागाउँ क्षेत्रस्थित राष्ट्रिय राजमार्ग-27 मा बिहीवार पनि जलभराउको समस्या उत्पन्न भयो जसले गर्दा राजमार्गमा एक भाग पानीमा डुबेको छ। सड़कमा पानी बगिरहेको भए पनि मानिसहरू जोखिम बोकेरै यस मार्गमा ओहोर-दोहोर गर्न बाध्य भइरहेका छन्। लगातार जलभराउको कारणले यातायात प्रभवित भएकोछ भने मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा