नेपाली भाषा प्रयोगलाई लिएर क्रामाकपाद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्राचार
Cprm leaders


दार्जिलिङ, 23 जुलाई (हि.स.)। नेपाली भाषाको प्रयोगलाई लिएर क्रामाकाद्वारा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्राचार गरिएको छ। क्रामाकपा महासचिव नर्बु लामाले गत 20 जुलाईको दिन मुख्यमन्त्री शुभेन्दु अधिकारीले बंगालमा बंगला भाषा अनिवार्य गरिने भन्ने घोषणापछि सांसद राजु विष्ट र पहाडका विधायकहरूले निवेदन गरेपछि दार्जिलिङ तराई र डुवर्समा नेपाली भाषा नै प्रयोग हुन्छ भनी आश्वासन दिइएको उल्लेख गरेका छन्।

उनले मुख्यमन्त्रीको बयानको स्वागत गरेका छन्। अर्कातिर, उनले भाषा संवैधानिक मान्यता पाएको नेपाली भाषा र बंगाल सरकारले पनि १९६१ मैं नेपाली भाषा पहाडको तीनवटा महकुमामा दोस्रो सरकारी भाषा भनेर मान्यता दिएको भए तापनि भाषामाथि घरि घरि यस प्रकारको संकटको स्थायी रूपमा समाधान होस् भन्ने माग गर्दै पत्राचार गरेका छन्।

भारतको आठौँ अनुसूचीमा समावेस भएको भाषालाई बारम्बार अवहेलना हुने गरेकाले यस्तो अवस्थालाई अन्त्य गर्न अध्यादेश नै जारी गरिदिन अपील गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande