
बीरभूम, 23 जुलाई (हि. स.)। जिल्लाको सिउड़ी स्थित एक निजी अस्पतालमा नाइट ड्यूटीमा तैनाथ 21 वर्षीय नर्सको संदिग्ध परिस्थितिमा मृत्यु भयो। बिहिवार बिहान अस्पतालको एउटा कोठाभित्र गलफन्दामा झुण्डिरहेको अवस्थामा नर्सको शव भेटियो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। आक्रोशित परिवारजनले अस्पतालमा तोड़फोड़ गरे। मृतकाको पहचान अनुश्री माल (21)- को रूपमा भएको छ।
पुलिस अनुसार उ बुधवार राति लगभग 8 बजी नाइट ड्यूटीमा अस्पताल आएकी थिई। बिहिवार बिहान अस्पतालको तेस्रो केबिनको ढोका अबेरसम्म बन्द रहेको कारण कर्मचारीहरूलाई शङ्का लाग्यो। ढोका भत्काएर भित्र हेर्दा अनुश्रीको शव गलफन्दामा झुण्डिरहेको थियो। सूचना पाएर सिउड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्न पठाइदियो।
मामिलामा अस्वाभाविक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरिएको छ। घटनापछि आक्रोशित परिवारजनले अस्पतालमा तोड़फोड़ गरे अनि कर्मचारीहरूसित कथित दुर्व्यवहार गरे। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।
यसबीच अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक भयो जसमा अनुश्रीलाई अस्पतालको एउटा गल्लीबाट कोठामा प्रवेश गर्दै गरेको देखिएको छ। भोलिपल्ट बिहान उसको शव भेटियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा