पवन खेड़ा क्राइम ब्राञ्च समक्ष पेश भए, मुख्यमन्त्रीकी पत्नीको मामिलामा हुनेछ जाँचबुझ
पवन खेड़ा क्राइम ब्राञ्च समक्ष पेश भए, मुख्यमन्त्रीकी पत्नीको मामिलामा हुनेछ जाँचबुझ


गुवाहाटी, 23 जुलाई (हि.स.)। कङ्ग्रेसका वरिष्ठ नेता पवन खेड़ा बिहीवार असम पुलिसको क्राइम ब्राञ्च समक्ष पेश भए। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाकी पत्नी रिनिकी भुइयाँ शर्माद्वारा दर्ता गरिएको मानहानि तथा कथित जाली पासपोर्ट मामिलामा जारी समनको आधारमा उनी जाँचबुझका लागि गुवाहाटी आइपुगेका छन्।

यो मामिला चुनाउपूर्व आयोजित एक प्रेस कन्फ्रेन्समा पवन खेड़ाद्वारा रिनीकी भुइँयाँ शर्मामाथि केही पासपोर्ट राखेको तथा विदेशमा सम्पत्ति रहेको आरोप लगाइएकोसित सम्बन्धित छ। यी आरोपहरूलाई खारेज गर्दै रिनिकी भुइयाँ शर्माले उनको विरोधमा जालझेल, मानहानी तथा आपराधिक षड़यन्त्र रचेको मामिला दर्ता गराएकी थिइन्।

यस मामिलामा पवन खेड़ालाई पहिला नै सर्वोच्च न्यायालयले अन्तरिम जमानत दिसकेको छ। यसअघि उनले स्वास्थ्य कारण औ बेङ्गलुरुमा पार्टी कार्यक्रम रहेको बताउँदै कैयौं पटक सनमा उपस्थित भएका थिएनन्। यस सम्बन्धमा उनले लिखित रूपमा क्राइम ब्राञ्चलाई जानकारी दिएका थिए।

क्राइम ब्राञ्च कार्यालयमा पुग्नअघि पवन खेड़ाले भने, उनी कानूनी प्रक्रियालाई सम्मान गर्दै समनको पालन गर्न आएका हुन्। उनले यो पनि भने, उनलाई सदैव असम आउनु राम्रो लाग्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande