
कुचबिहार, 23 जुलाई (हि.स.)। जन्म एवं मृत्यु प्रमाण पत्र जारी गर्नमा भ्रष्टाचार तथा अनियमितता गरेको आरोपमा तूफानगञ्जका विभिन्न ग्राम पञ्चायतहरूमा पुलिसले व्याक अभियान सञ्चालन गरेको छ। सोही क्रममा बिहिवार बिहान तूफानगञ्ज-2 ब्लक अधिनस्थ महिषकुची-1 नम्बर ग्राम पञ्चायत कार्यालयमा बक्सीरहाट थानाको पुलिसले छापेमारी गऱ्यो।
छापेमारीमा पञ्चायत कार्यालयबाट जन्म अनि मृत्यु प्रमाण पक्षसित सम्बन्धित रजिस्टर तथा दस्तावेजहरूको गहन जाँच गरियो भने केही फाइलहरूलाई जफत गरियो।
भनिन्छ, तूफानगञ्ज-2 ब्लकको मोठ 11 वटा ग्राम पञ्चायतहरूमा निरन्तर यो अभियान सञ्चालन भइरहेको छ।
सूत्र अनुसार गृह विभागको निर्देशमा यो विशेष अभियान शुरू गरिएको हो। पुलिसलाई सहयोग गर्नको लागि बीडीओ कार्यालयलाई पहिला नै पत्र पठाइएको छ।
यस मामिलामा भारतीय जनता पार्टी (बीजेपी)- का चार नम्बर मण्डल महासचिव तपन सिकदारले आरोप लगाए, पूर्व तृणमूल सरकारको समयमा जाली प्रमाण पत्र जारी गरिएको थियो। यहाँसम्म कि पैसाको सट्टा बङ्गलादेशी घुसपैठीहरूलाई पनि जन्म प्रमाण पत्र दिइएको आरोप सार्वजनिक भएको थियो। यसैलाई लिएर यो कारबाही गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा