
खरसाङ, 23 जुलाई (हि.स.)। खरसाङको नयाँ बजारस्थित पेमा साङ्ग छोई खोर्लिङ गुम्पा का धर्म गुरु डुब्ला डेन्डुपको अगुवाईमा गत 15 जुलाईदेखि गुरु ठ्रुङकर छेछु छामको शुक्रबारको दिन बिहान 9 देखि दिउँसो 1 बजीसम्म पद्मसम्भवको अष्ट गुरुङहरू छामको दर्शन गराइने भएको छ। यसका साथै अन्त्यमा दिउँसो 2 बजी देखि छिमेकी देश नेपालबाट आएका खेन्पो मुन्सेल दोर्जी रिम्पोर्छेको बाहुलीबाट अभिषेक तथा वाङ वितरण हुने भएको छ।
यस दिन बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र दिन दशमी परेको जानकारी दिँदै सम्पूर्ण बौद्ध भक्तजनलाई यस धार्मिक अनुष्ठान उपस्थित भइदिने आयोजक समितिको पक्षबाट निवेदन गरिएको छ। उक्त पूजा खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजना भइरहेको छ।
खरसाङको नयाँ बजारस्थित पेमा साङ्ग छोई खोरलिङ गुम्पामा गत 15 देखि 24 जुलाईसम्म गुरु रिम्पोर्छेको दशमी तिथिलाई लिएर बौद्ध धर्म अनुसार बज्र गुरु जप चलिरहेको छ। यस अन्तर्गत 15 देखि 22 जुलाईसम्म बज्र गुरु जप अनि 23 र 24 जुलाईमा खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा गुरु रिम्पोर्छे सम्बन्धि छाम आयोजना भइरहेको छ।
हिन्दुस्थान समाचार / हनोक