मुख्यमन्त्री धामीले पेपर लीक मामिलामा फास्ट ट्र्याक कोर्ट बनाउने निर्णयलाई स्वागत गरे
मुख्यमन्त्री धामीले पेपर लीक मामिलामा फास्ट ट्र्याक कोर्ट बनाउने निर्णयलाई स्वागत गरे


देहरादून, 23 जुलाई (हि.स.)। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पेपर लीकको मामिलामा दोषीहरूविरूद्ध तत्काल सुनवाई गर्नको लागिग फास्ट ट्र्याक कोर्ट स्थापना गर्ने प्रधानमन्त्री मोदोकी निर्णयलाई स्वागत गर्दै यसलाई युवाहरूको हितरक्षाको दिशामा महत्वपूर्ण कदम बताएका छन्।

श्री धामीले भने, प्रधानमन्त्रीको यो निर्णय लाखौं विद्यार्थीहरूको परिश्रम, प्रतिभा तथा भविष्यको सुरक्षाप्रति केन्द्र सरकारको दृढ़ प्रतिबद्धताको परिचायक हो। उनले भने, प्रतियोगी परीक्षाहरूको पारदर्शिता अनि विश्वसनीयतालाई कायम राख्नको लागि दोषीहरूविरूद्ध समयबद्ध एवं कठोर कारबाही गर्न आवश्यक छ।

मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, फास्ट ट्र्याक कोर्टको स्थापनाबाट पेपर लीक मामिलाको शीघ्र निस्तारण हुनेछ, दोषीहरूलाई समयबद्ध औ कठोर दण्ड दिइनेछ तथा भविष्यमा यस प्रकारका अपराधहरूमाथि प्रभावकारी लगाम लाग्नेछ। यसबाट युवाहरूको भर्ती परीक्षा अनि चयन प्रक्रियामाथि विश्वास अझ मजबुत हुनेछ।

उल्लेखनीय छ, उत्तराखण्ड सरकारले पहिला नै राज्यमा पेपर लीक औ नक्कललाई रोक्नको लागि कड़ा कानून लागू गरिसकेको छ। मुख्यमन्त्रीले भने, केन्द्र अनि राज्य सरकारको समन्वित प्रयासहरूबाट भर्ती परीक्षाहरूको पारदर्शिता सुनिश्चित हुनेछ अनि युवाहरूको भविष्यसितखेलवाड गर्नेहरूविरूद्ख कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande