
गाजियाबाद, 23 जुलाई (हि.स.)। उत्तर प्रदेशको गाजियाबाद जिल्लाको वेभ सिटी पुलिस थाना क्षेत्र अन्तर्गत काजीपुरा गाउँको जङ्गलमा 20 वर्षीया अज्ञात महिलाको शव फेला परेको छ। खेतमा शव तानेर लगिएको निशानहरू फेला परेका छन्। ती महिलाको घाँटीमा धारदार हतियारले प्रहार गरी हत्या गरिएको छ।
वेभ सिटीकी एसीपी प्रियश्री पालले शवको पहिचान हुन बाँकी रहेको बताइन्। हत्या अन्यत्र भएको र शव काजीपुराको जङ्गलमा फ्याँकिएको शङ्का कतिपयले व्यक्त गरेका छन्। अर्कातिर, शरीरको अवस्था देखेर बलात्कारको शङ्का पनि छ। तर पुलिसले यो कुरा पुष्टि गरेको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी