उत्कृष्ट प्रदर्शन गर्ने विधायकहरूलाई ‘सर्वश्रेष्ठ विधायक’ सम्मान दिइनेछ : विधानसभा अध्यक्ष
उत्कृष्ट प्रदर्शन गर्ने विधायकहरूलाई ‘सर्वश्रेष्ठ विधायक’ सम्मान दिइनेछ : विधानसभा अध्यक्ष


कोलकाता, 23 जुलाई (हि.स.)। पश्चिम बङ्गाल विधानसभामा सर्वश्रेष्ठ प्रदर्शन गर्ने विधायकहरूलाई अब हरेक वर्ष सम्मानित गरिनेछ। विधानसभा अध्यक्ष रथिन्द्र नाथ बोसले बिहिवार सदनको कारबाही अवधि उक्त आशयको घोषणा गरे।

अध्यक्षले भने, विधानसभाको कारबाहीमा सक्रिय सहभागिता गर्ने, नियमहरूलाई पालन गर्दै आफ्नो क्षेत्रसित सम्बन्धित मुद्दाहरू उठाउने, प्रश्न सोध्ने तथा सदनमा अधिकांश उपस्थित रहने विधायकलाई ‘सर्वश्रेष्ठ विधायक’- को रूपमा सम्मानित गरिनेछ। यस पहल अन्तर्गत प्रत्येक वर्ष एकजना विधायकलाई चयन गरिनेछ।

उनले भने, यस व्यवस्थाको उद्देश्य जनप्रतिनिधिहरूलाई सदनको कारबाहीमा अधिक सक्रिय बनाउनु तथा संसदीय परम्पराहरूलाई मजबुत बनाउनु हो। यसबाट विधायकहरूले आफ्नो निर्वाचन क्षेत्रसित जोड़िएका मुद्दाहरलाई अधिक प्रभावकारी ढङ्गमा सदनमा उठाउन सकुन्।

उल्लेखनीय छ, भारतीय संसदीय व्यवस्थामा पनि उत्कृष्ट संसदीय प्रदर्शनलाई सम्मानित गर्ने परम्परा रहिआएको छ। भारतीय संसदीय समूह (आईपीजी)-द्वारा वर्ष 195-देखि ‘आउटस्ट्याण्डिङ्ग पार्लियामेन्टेरियन अवार्ड’ दिइँदै आइएको छ जसमा संसदमा बहस, प्रश्न, संसदीय आचरण औ समग्र योगदानको आधारमा सांसदहरूको चयन गरिन्छ। यस अतिरिक्त संसदीय कार्यहरूमा सक्रिय भूमिका निभाउने सांसदहरूलाई पनि विभिन्न संस्थाहरूद्वारा ‘सांसद रत्न’ जस्ता सम्मान प्रदान गरिँदै आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande