
कोलकाता, 23 जुलाई (हि.स.)। पश्चिम बङ्गाल विधानसभामा बिहीवार पूर्व बर्धमान जिल्लाको भातारबाट भाजपा विधायक सौेमेन काफराले राज्यमा बिहारमा जस्तै पूर्ण रूपले मदिरा बन्द गर्ने माग उठाए। सदनको कारबाही अवधि उनले भने, मदिरा बन्दी, गाँजा तथा अन्य मादक पदार्थहरूको बढ़्दो सेवनले समाजमाथि गम्भीर दुष्प्रभाव परिरहेको छ।
काफराले भने, राज्यका विभिन्न भागहरूमा मदिरा सेवनले विभिन्न प्रकारका अपराधहरूलाई प्रेरित गरिरहेको छ। यसको साथै गाँजा, मदिरा अनि अन्य लागू औषधहरूको कारमले सामाजिक तथा पारिवारिक समस्या पनि लगातार बढ़िरहेको छ। उनको भनाइ थियो, नशाको प्रवृत्तिले युवाहरूलाई गलत दिशा तर्फ धकेलिरहेको छ भने अपराधका घटनाहरू पनि बढ़्दो छ।
उनले सरकारसित आग्रह गरे, समाजको व्यापक हित अनि अपराधमाथि प्रभावकारी नियन्त्रण गर्नको लागि बिहारमा जस्तै पश्चिम बङ्गालमा पनि मदिराबन्दी लागू गर्नेमाथि गम्भीर रूपमा विचार गरियोस्। विधायकले भने, नशामुक्त समाज निर्माण गर्नको लागि कड़ा कदम उठाउनु समयको आवश्यकता हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा