माथिल्लो असमका बाढ़ी प्रभावितहरूमाझ दोस्रो दिन पनि पुगे बदरूद्दीन अजमल
माथिल्लो असमका बाढ़ी प्रभावितहरूमाझ दोस्रो दिन पनि पुगे बदरूद्दीन अजमल


गुवाहाटी, 24 जुलाई (हि.स.)। विधायक बदरुद्दीन अजमलले शुक्रवार भने, उनी लगातार दोस्रो दिन पनि माथिल्लो असमको बाढ़ी प्रभावित क्षेत्रमा पुगेर पीड़ित मानिसहरूमाझ राहत एवं सहायता कार्यमा जुटे।

शुक्रवार सोशल मीडियामा साझा गरिएको एउटा पोस्टमा अजमलले शृङ्खल चलिहाद्वारा दिइएको सहयोग, उत्साह अनि समर्थनको लागि उनीप्रति हार्दिक आभार व्यक्त गरे। उनले भने, यस आत्मीय सहयोगले उनलाई जनसेवा गर्नको लागि थप प्रेरित गरेको छ।

अजमलले सबै शुभचिन्तकहरूप्रति पनि कृतज्ञता प्रकट गर्दै आशा व्यक्त गरे, आगामी दिनमा पनि उनलाई मानिसहरूबाट यस्तै किसिमको सहयोग अनि आशीर्वाद प्राप्त भइरहनेछ ताकि बाढ़ी प्रभावित मानिसहरूको लागि सहायता कार्यलाई निरन्तर जारी राख्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande