चिन्मय मिशनको 75औं वर्षगाँठमा मुख्यमन्त्रीले गरे गीताको असमिया अनुवादको लोकार्पण
चिन्मय मिशनको 75औं वर्षगाँठमा मुख्यमन्त्रीले गरे गीताको असमिया अनुवादको लोकार्पण


गुवाहाटी, 24 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार गुवाहाटीको 6 माइल स्थित चिन्मय मिशनमा आयोजित कार्यक्रममा भाग लिए। चिन्मय मिशनको 75औं स्थापना वर्षको उपलक्ष्यमा देशभरि नै निकालिएको अमृत यात्रामा पनि मुख्यमन्त्री सामेल भए।

यस अवसरमा मुख्यमन्त्रीले भगवत गीताको असमिया अनुवादको लोकार्पण गरे। स्वामी चिन्मयानन्दद्वारा अनुदित यस ग्रन्थको विमोचन मुख्यमन्त्रीले स्वामी मित्रानन्दजीको उपस्थितिमा गरे।

कार्यक्रममा चिन्मय मिशनको आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा भारतीय जीवन मूल्यहरूको संरक्षण अनि प्रसारमा मिशनको योगदानमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande