
गुवाहाटी, 24 जुलाई (हि.स.)। गुवाहाटीका विभिन्न भागहरू सहित रुक्मिणी गाउँमा पनि कृत्रिम बाढ़ीको स्थिति अहिले पनि गम्भीरै छ। कतिपय क्षेत्रहरूमा पानी छात्तीसम्म पुगेको छ फलस्वरूप अधिकांश मानिसहरू आ-आफ्नो घरभित्रै फसेका छन् भने यहाँको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।
बाढ़ी प्रभावित मानिसहरूसम्म राहत पुऱ्याउनका लागि सिभिल डिफेन्सका जवानहरूले लगातार अभियान चलाइरहेका छन्। रबरको नौकाहरूको माध्यमबाट जलमग्न ठाउँहरूमा पुगेर जवानहरूले घरभित्र फसेका मानिसहरूलाई सहयोग गरिरहेका छन् भने आवश्यक सहायता पनि उपलब्ध गराइरहेक ाछन्।
उल्लेखनीय छ, गुवाहाटीमा गए बिहीवार साँझ परेको मुसलधारे पानीले गर्दा यहाँका विभिन्न ठाउँहरू पानीमा डुबेका छन्। आज दोस्रो दिन पनि कतिपय स्थानहरूमा पानी घटेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा