विद्यार्थी आन्दोलनलाई लिएर नवादामा प्रशासन अलर्ट, डीएम-एसपीले गरे फ्ल्याग मार्च
विद्यार्थी आन्दोलनलाई लिएर नवादामा प्रशासन अलर्ट, डीएम-एसपीले गरे फ्ल्याग मार्च


नवादा, 24 जुलाई (हि.स.)। नीट पेपर लीक मामिलालाई लिएर बिहारका केही जिल्लाहरूमा उग्र भएको विद्यार्थी आन्दोलन तथा कतिपय स्थानहरूमा भएको हिंसा अनि गोलीकाण्डलाई मध्यनजर गर्दै नवादा जिल्ला प्रशासन पूर्ण रूपले सतर्क भएको छ।

कानून-व्यवस्थालाई कायम राख्न तथा सर्वसाधारण मानिसहरूमा सुरक्षाको भरोसा कायम राख्ने उद्देश्यले शुक्रवार जिल्लाधिकारी रवि प्रकाश अनि पुलिस अधीक्षक अभिनव धिमानको नेतृत्वमा सशस्त्र बलहरूले शहरका विभिन्न भागहरूमा फ्ल्याग मार्च गरे। फ्ल्याग मार्च पुरानो कचहरी रोड, पुरानो जेल रोड, अस्पताल रोड सहित नगरका प्रमुख मार्गहरू अनि संवेदनशील क्षेत्रहरू भएर गुज्रियो। यस अवधि ठूलो सङख्यामा पुलिस बल, सशस्त्र जवान औ प्रशासनिक अधिकारीहरू उपस्थित थिए। मार्चको क्रममा अधिकारीहरूले आम नागरिक, पसले तथा बटुवाहरूसित शान्ति एवं सौहार्दलाई कायम राख्ने अपील गरे।

जिल्लाधिकारी रवि प्रकाशले भने, जिल्ला प्रशासनको सर्वोच्च प्राथमिकता भनेको जिल्लामा शान्ति, कानून व्यवस्था तथा सामान्य जनजीवनलाई कायम राख्नु हो। उनले मानिसहरूलाई कुनै पनि प्रकारको अफवाहलाई ध्यान नदिने अनि कुनै पनि संदिग्ध गतिविधि भए तत्काल प्रशासनलाई सूचना दिने अपील गरे।

यसरी नै पुलिस अधीक्षक अभिनव धिमानले स्पष्ट पारे, जिल्लामा शान्ति भङ्ग गर्ने वा कानूनलाई आफ्नो हातमा लिने प्रयास गर्ने मानिसहरूविरूद्ध कड़ा कानूनी कराबाही गरिनेछ। उनले भने, सोशल मीडियामा भ्रामक वा भड़काऊ सन्देश प्रसारित गर्नेहरूमाथि पनि प्रशासनको कड़ा नजर रहनेछ। यस्ता मामिलाहरूमा आवश्यक कारबाही गरिनेछ।

फ्ल्याग मार्चको उद्देश्य मानिसहरूको सुरक्षाको भावनालाई मजबुत बनाउनु अनि असामाजिक तत्वहरूलाई यो सन्देश दिनु थियो कि नवादा जिल्ला प्रशासन कुनै पनि स्थितिको सामना गर्नको लागि पूर्ण रूपमा तयार छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande