
पुरुलिया, 24 जुलाई (हि. स.)। प्रवर्तन निदेशालय (ईडी)-ले ब्याङ्क धोकाधड़ीको एक मामिलामा शुक्रवार बिहान पुरुलिया जिल्लाको नितुरिया थाना अन्तर्गत परबेलिया बजारस्थित एकजना व्यापारीको घर अनि रेस्तोराँमा छापामारी गऱ्यो। यस कारबाही अवधि सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी केन्द्रिय सुरक्षा बलका जवानहरूलाई तैनाथ गरियो। व्यापारीको पहिचान सुरज विश्वकर्मको रूपमा भएको छ।
सूत्र अनुसार शुक्रवार बिहान लगभग 6 बजे ईडीको टीमले उनको आवास अनि सुरज फ्यामिली रेस्टोराँमा खानतलासी अभियान शुरू गऱ्यो। यस अवधि सुरज विश्वकर्म घरमै उपस्थित थिए जोसित अधिकारीहरूले जाँचबुझ पनि गरे।
बताइन्छ, यो कारबाही एक बहुराष्ट्रिय ब्याङ्कसित जोड़िएको कथित धोकाधड़ी मामिलाको जाँच गर्ने सिलसिलामा गरिएको हो। हाल ईडीले मामिलासित सम्बन्धित दस्तावेज अनि वित्तीय लेन-देनको जाँच गरिरहेको छ।
ईडी अनुसार सरकारी सुविधा दिलाउने प्रलोभन देखाएर लगभग 20 हजार मानिसहरूबाट लगभग 165 करोड़ रुपियाँ कथित रूपमा ठगेको थियो। यसै मामिलाको जाँच गर्ने क्रममा एजेन्सीलाई राज्यका केही भागहरूमा फैलिएको कथित नेटवर्कको बारेमा जानकारी प्राप्त भएको थियो। अब ब्याङ्क धोकाधड़ी मामिलामा पुरूलियामा गरिएको यो कारबाहीलाई पनि सोही जाँचको एक भाग मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा