क्रान्तिकारी रासबिहारी बोसको पैतृक घरको छेउमा सार्वजनिक शौचालय बनाइएकोमा विधानसभामा खैलाबैला
क्रान्तिकारी रासबिहारी बोसको पैतृक घरको छेउमा सार्वजनिक शौचालय बनाइएकोमा विधानसभामा खैलाबैला


कोलकाता, 24 जुलाई (हि.स.)। पूर्वस्थली उत्तरबाट भाजपा विधायक गोपाल च्याटर्जीले विधानसभामा आरोप लगाए, तृणमूल कङ्ग्रेस सरकारको कार्यकालमा क्रान्तिकारी रासबिहारी बोसको पैतृक घर परिसरमा सार्वजनिक शौचालय बनाइएको छ। उनले यसलाई महान स्वतन्त्रता सेनानीको अपमान बताउँदै कड़ा आपत्ति जनाए।

विधानसभामा पर्यटन विभागमाथि चर्चा गर्ने क्रममा भाजपा विदायक गोपाल च्याटर्जीले भने, “रासबिहारी बोसको पैतृक घरको परिसरमा सार्वजनिक शौचालय बनाइएको छ। यो अत्यन्त लज्जाजनक कृत्य हो। तृणमूल कङ्ग्रेस सरकारलाई यसको लागि धिक्कार छ। महापुरूषको यस्तो ठूलो अपमान तृणमूल बाहेक अन्य कसैले गर्न सक्दैन। उनले पर्यटन मन्त्री शङ्कर घोषसित अनुरोध गरे, आगामी 15 अगस्तभन्दा अगावै बुलडोजर चलाएर उक्त शौचालयलाई हटाइयोस्।“

विधानसभामा यो मुद्दा उठेपछि राज्यको पर्यटन विभागले ममिलामा संज्ञान लियो। पर्यटन मन्त्री शङ्कर घोषले भने, विभागलाई आवश्यक कारबाही गर्ने निर्देश दिइएको छ।

सम्पूर्ण मामिलामा सम्बन्धित जिल्लाधिकारीसित विस्तृत रिपोर्ट मागिएको छ। उनले भने, रिपोर्ट पाएपछि कानून अनुसार उचित कारबाही गरिनेछ।

तथापि यस मामिलामा सार्वजनिक शौचालय वास्तवमा रासबिहारी बोसको पैतृक घरभित्र छ कि त्यसको छेउमा, यस सम्बन्धमा आधिकारिक जाँच अनि जिल्ला प्रशासनको रिपोर्टको प्रतीक्षा गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande