
गुवाहाटी, 24 जुलाई (हि.स.)। जाजी नदीको तीव्र प्रवाहले जोरहाट जिल्लान्तर्गत टियोक-बोनाइ सम्पर्क मार्गको एक भाग बगायो जसबाट क्षेत्रमा आवागमन बाधित भएको छ। टियोकका केही नयाँ क्षेत्रहरू शुक्रवार पनि जलमग्न नै छन्। धेरै जना मानिसहरू बाढ़ीमा फसेका छन्। यस बीच शिवसागर, चराइदेव औ नाजिराका बाढ़ी प्रभावित क्षेत्रहरूमा फसेका मानिसहरूलाई सुरक्षित निकाल्नका लागि जोनाईबाट आठ वटा इञ्जिन चालित नौकाहरूलाी प्रस्थान गराइएको छ।
जोनाई उपमण्डल प्रशासनको पहल तथा मिसिङ्ग समुदायका सङ्गठनहरूको सहयोगमा यो बचाउ अभियान शुरू गरिएको छ। यी मोटरबोटहरूको माध्यमबाट बाढ़ीमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्याएर राहत कार्यमा तीव्रता ल्याउने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा