सोनम वाङ्गचुकको अनशन समाप्त गर्ने फसेलालाई केजरीवालले गरे स्वागत
सोनम वाङ्गचुकको अनशन समाप्त गर्ने फसेलालाई केजरीवालले गरे स्वागत


नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक कार्यकर्ता सोनम वाङ्गचुकको अनशन समाप्त गर्ने फसेलालाई स्वागत गरेका छन्। उनले भने, सोनम वाङ्गचुकको जीवन अनि स्वास्थ्य देशको लागि अत्यन्त महत्वपूर्ण छ।

अरविन्द केजरीवालले शुक्रवार सोशल मीडिया प्लेटफर्म एक्समा भने, सोनम वाङ्गचुकको आफ्नो अनशनलाई समाप्त गर्ने निर्णयलाई स्वागत गर्दछु। उनको जीवन र स्वास्थ्य देशको लागि अत्यन्त महत्वूपूर्ण छ। उनले भने, ककरोच जनता पार्टी (सीजेपी)-ले आज देशव्यापी प्रदर्शन गर्ने अपील गरेको छ जसमा भाग लिनका लागि सबैसित अपील गर्दछौं।

उल्लेखनीय छ, सोनम वाङ्गचुक पछिल्लो 26 दिनदेखिको अनिश्चितकालीन अनशनमा थिए। उनले यो आन्दोलन राष्ट्र्यि स्तरमा परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा जवाफदेही तय गर्ने, प्रभावित विद्यार्थीहरूलाई न्याय दिलाउने तथा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि कारबाही नगर्ने मागमा भइरहेको व्यापक विद्यार्थी आन्दोलनको समर्थनमा थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande