
गुवाहाटी, 24 जुलाई (हि.स.)। महानगरको बशिष्ठ क्षेत्रस्थित स्वर्गपुरमा शुक्रवार भीषण पैह्रो गएको घटना प्रकाशमा आएको छैन। मेघालयका पहाड़हरूबाट पैह्लोले बगाएर ल्याएको प्रचुर मात्रामा माटो अनि चट्टान क्षेत्रमा थुप्रिएको छ जसले गर्दा धेरै वटा घरहरू क्षतिग्रस्त भएका छन्। प्रभावित परिवारहरूमा सन्त्राष फैलिएको छ, किनभने पहाड़बाट लगातार पैह्रो आउने जोखिम कायम छ।
स्थानीय मानिसहरू अनुसार प्रभावित घरहरू कुनै पनि समय भत्किनसक्छ। प्रशासनलाई घटनाको सूचना दिइएको छ। स्थितिमाथि नजर राखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा