गुवाहाटीमा आएको बाढ़ीको मेघालय पनि जिम्मेवार छ: प्रद्युत बरदलै
गुवाहाटीमा आएको बाढ़ीको मेघालय पनि जिम्मेवार छ: प्रद्युत बरदलै


गुवाहाटी, 24 जुलाई (हि.स.)। दिसपुरका विधायक प्रद्युत बरदलैले शुक्रवार भने, गुवाहाटीमा बारम्बार आउने बाढ़ीको लागि छिमेकी राज्य मेघालय पनि जिम्मेवार छ। असम विधानसभाको कारबाहीमा भाग लिन आएका विधायकले सदन बाहिर पत्रकारहरूसित बातचित गरिरहेका थिए।

उनले भने, शहरका विभिन्न भागहरूमा अवैध कब्जा लगातार बढ़िरहेको छ जसबाट जल निकासी व्यवस्था प्रभावित हुनको साथै पानी पर्दा कृत्रिम बाढ़ीको स्थिति उत्पन्न भइरहेको छ। बरदलैले भने, राज्य सरकारले अवैध अतिक्रमणविरूद्ध कड़ा कारबाही गर्नेछ। उनले आरोप लगाए, अवैध कब्जाको कारणले नै गुवाहाटीमा कृत्रिम बाढ़ीको स्थिति लगातार भयानक हुँदै गइरहेको छ।

उल्लेखनीय छ, गए बिहीवार अबेर साँझदेखि रातीसम्म परेको मुसलधारे पानीले गर्दा असमका अधिकांश क्षेत्रहरू पानीमा डुबेका छन्। फलस्वरूप मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ भने वाहनहरूलाई घण्टौंसम्म जाममा फस्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande