
कोलकाता, 24 जुलाई (हि.स.)। नीट-यूजी परीक्षालाई लिएर भइरहेको विवादबीच शिक्षा संस्कृति सङ्गठन मञ्चले पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूमा जनजागरण अभियान शुरू गरेकोछ। उत्तर बङ्गालको रायगञ्ज विश्वविद्यालय परिसरमा कार्यक्रमको शुरूआत भइसकेको छ। यस अतिरिक्त झाड़ग्राम, बाँकुड़ा, उत्तर 24 परगना, जलपाईगुड़ी औ पश्चिम बर्धमान सहित केही जिल्लाहरूमा ऱ्याली तथा पथसभाहरूको आयोजन गरिँदैछ। आगामी दिनमा कोलकातामा पनि एउटा विराट ऱ्याली निकाल्ने तयारी गरिएको छ।
शिक्षा संस्कृति सङ्गठन मञ्चको भनाइ छ, प्रश्नपत्र लीकको घटनापछि शीघ्र पुनर्परीक्षा गराइयो जसको परिणाम पनि पारदर्शी ढङ्गमा घोषणा गरियो। यस स्थितिमा अब हिंसक आन्दोलनको कुनै औचित्य छैन। मञ्चको उद्देश्य आम जनतासम्म यो सन्देश पुऱ्याउनु हो कि कुनै पनि मुद्दामा विरोध लोकतान्त्रिक अनि शान्तिपूर्ण ढङ्गमा हुनुपर्छ।
मञ्चले यो पनि दाबी गरेको छ, वर्तमान आन्दोलनमा केही राष्ट्रविरोधी तत्वहरू सक्रिय भएका छन् जसले विद्यार्थीहरूको मुद्दाको राजनीतिक लाभ उठाउने प्रयास गरिरहेक छन्। यसप्रति मानिसहरूलाई जागरूक गराउनको लागि राज्यभरि नै यो अभियान सञ्चालन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा