रामपुर चेक पोस्टमा घुसखोरीको आरोपमा व्यापक कारबाही
रामपुर चेक पोस्टमा घुसखोरीको आरोपमा व्यापक कारबाही


पश्चिम बर्दवान, 24 जुलाई (हि.स.)। पश्चिम बर्दवान औ झारखण्ड सीमामा अवस्थित रामपुर चेकपोस्टमा कथित घुसखोरीको मामिलामा राज्य परिवहन विभागले व्यापक प्रशासनिक कारबाही गरेको छ। वाहनहरूलाई रोकेर अवैध रूपमा पैसा असुलेको आरोपमा चेकपोस्टमा तैनाथ दुई जना मोटर भ्हिकल इन्स्पेक्टर (एमभीआई-एनटी) अनुपम बन्द्योपाध्याय र नाजिमुल हकलाई तत्काल प्रभावबाट निलम्बित गरिदिएको छ। यी दुईविरूद्ध विभागीय अनुशासनात्मक कारबाही शुरू गर्दै सम्पूर्ण मामिलाको जाँच एन्टी करप्शन ब्यूरो (एसीबी)-लाई सुम्पिइएको छ।

राज्य परिवहन विभागका प्रधान सचिव रवि इन्दर सिंहद्वारा गए 23 जुलाईमा जारी अलग-अलग आदेशहरूमा भनिएको छ, यी दुवै अधिकारीहरूविरूद्ध ड्यूटी अवधि अवैध आर्थिक लाभ लिएको तथा घुस मागेको गम्भीर सिकायत प्राप्त भएको थियो। आरोपहरूको गम्भीरतालाई केन्द्र गर्दै जाँच पूरा नहुञ्जेलसम्म दुवै अधिकारीहरूलाई निलम्बन गर्ने निर्णय लिइएको छ।

आदेश अनुसार पश्चिम बङ्गाल सर्भिस (क्लासिफिकेशन, कन्ट्रोल एण्ड अपील) रूल्स, 1971 अन्तर्गत यो निलन्बन प्रभावकारी रहनेछ। निलम्बन अवधि दुवै अधिकारीहरूलाई नियमानुसार सब्सिस्टेन्स अलाउन्स (जीवन-निर्वाह भत्ता) प्राप्त हुनेछ।

यस मामिलामा शुक्रवार बिहान मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि सोशल मीडियाको माध्यमबाट कड़ा सन्देश दिए। उनले भने, राज्य सरकारले भ्रष्ट्राचार तथा अन्य कुनै पनि प्रकारको अवैध गतिविधिप्रति जीरो टरलेन्सको नीतिमाथि काम गरिरहेको छ। रामपुर चेकपोस्टको मामिलालाई गम्भीर बताउँदै उनले स्पष्ट पारे, दोषीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। कसैलाई पनि छाड़िनेछैन।

रामपुर चेकपोस्ट पछिल्लो लामो समयदेखिकै ट्रक चालक अनि परिवहन व्यापारीहरूको सिकायतको केन्द्र रहिआएको छ। ट्रान्सपोर्टरहरूको आरोप थियो, दस्तावेजहरूको जाँच तता वाहनहरूलाई अगाड़ि बढ़्ने अनुमति दिने नाममा अतिरिक्त रकमको माग गरिन्थ्यो। तथापि अहिलेसम्म यस सम्बन्धमा कुनै ठूलो कारबाही भएको थिएन। दुई अधिकारीहरूलाई निलम्बन गरिएपछि एकपटक फेरि चेकपोस्टको कार्यप्रणाली प्रश्नहरूको घेरोमा परेको छ।

परिवहन विभागले चेकपोस्टमा कामकाज प्रभावित हुन नदिनको लागि नयाँ मोटर भ्हिकल इन्स्पेक्टरहरूलाई तैनाथ गर्ने निर्देश दिएको छ। यता एन्टी करप्शन ब्यूरोलाई मामिलाको विस्तृत जाँच गरी चाँड़ै रिपोर्ट सुम्पिन भनिएको छ।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande