
पाकिम, 24 जुलाई (हि.स.)। निर्वाचन नामावलीको जारी विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानअन्तर्गत ‘नो म्यापिङ’ श्रेणीमा परेका ४९३ जना मतदाता सम्बन्धी सुनुवाई आज पाकिम जिल्लाका चारवटा विधानसभा निर्वाचन क्षेत्रमा निरन्तर जारी रह्यो।
सुनुवाई जिल्लाका विभिन्न स्थानहरूमा तोकिएका निर्वाचन दर्ता अधिकारी (ईआरओ), सहायक निर्वाचन दर्ता अधिकारी (एईआरओ) तथा अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकारी (एएईआरओ) द्वारा सञ्चालन भइरहेको छ। यस क्रममा थप छानबिन आवश्यक रहेका मतदाताहरूको योग्यताको प्रमाणीकरण गरिँदैछ।
निर्वाचन क्षेत्रअनुसार सुनुवाईको विवरण यसप्रकार रहेको छः
रिनाक- ११४ वटा सुनुवाई
२० चुजाचेन – १०५ वटा सुनुवाइ
नाथाङ-माचोङ- २१० वटा सुनुवाई
नाम्चेबुङ- ६४ वटा सुनुवाई
‘नो म्यापिङ’ तथा ‘लोजिकल डिस्क्रेपेन्सी’ श्रेणीअन्तर्गत परेका मतदाताहरूको सुनुवाई निर्धारित कार्यतालिका अनुसार आगामी दिनहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल