
सिलगढ़ी, 24 जुलाई (हि. स.)। रेलवेको बेदखली नोटिसलाई लिएर सिलगढ़ी नगरनिगमको वार्ड नम्बर 28-मा तनाउ अनि चिन्ताको माहोल सृजना भएको छ। रेलवे प्रशासनद्वारा 24 र 27 जुलाईमा प्रस्तावित सुनवाई (हियरिङ्ग)- को स्थान कटिहार तय गरेकोमा शुक्रवार स्थानीय मानिसहरूले कड़ा विरोध जनाएका छन्।
पीड़ितहरूको भनाइ छ, कटिहार टाड़ा भएको कारणले त्यहाँ पुगेर आफ्नो कुरा राख्न अधिकांश प्रभावित परिवारहरूको लागि सम्भव छैन। यसै मुद्दालाई लिएऱ पूर्व माकपा पार्षद जय चक्रवर्तीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सिलगढ़ीको अतिरिक्त मण्डल रेल प्रबन्धक (एडीआरएम) कार्यालयमा ज्ञापन सुम्पिँदै सुनवाई स्थानीय स्तरमा आयोजना गर्ने माग गऱ्यो।
पूर्व माकपा पार्षद जय चक्रवर्तीले स्पष्ट पारे, बेदखली जस्तो संवेदनशील मुद्दामा प्रभावित मानिसहरूको सहभागिता सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ। तर दूरस्थ स्थानमा सुनवाई राख्नाले केही परिवारहरूले आफ्नो कुरा राख्न सक्ने छैनन्। यसमा एडीआरएम कार्यालयद्वारा आश्वासन दिइएको छ, नोटिस पाउने परिवारहरू कटिहार जान नपरोस्, यसको निम्ति आवश्यक कदम उठाइनेछ। रेलवेको यस प्रतिक्रिया पश्चात स्थानीय मानिसहरूले केही हदसम्म राहत महसूस गरेका छन्। तथापि अन्तिम निर्णय औ अग्रिम कारबाहीलाई लिएर स्थिति अहिले पनि स्पष्ट भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा