बाँकुड़ाको शाल वनमा दुर्लभ मुकुटधारी फटिङ्ग्रा भेटिनाले आशा बढ़्यो
बाँकुड़ाको शाल वनमा दुर्लभ मुकुटधारी फटिङ्ग्रा भेटिनाले आशा बढ़्यो


बाँकुड़ा, 24 जुलाई (हि.स.)। जिल्लाको सोनामुखी खण्ड अधिनस्थ मानिक बजारस्थित शाल वनमा दुर्लभ प्रजातिको मुकुटधारी फटिङ्ग्रा (हुडेड ग्रासहोपर) रहेको पत्तो लागेको छ। केही दशकपछि राढ़ बङ्गलको वन क्षेत्रमा यस दुर्लभ कीरा भेटिनुले वन विभाग औ पर्यावरणविद्हरूले जङ्गली क्षेत्रको जैव विविधताको लागि उत्साहजनक सङ्केत बताएका छन्।

वन विभाग अनुसार सोनामुखीका वन क्षेत्राधिकारी निलय रायले वृक्षारोपण क्षेत्रको निरीक्षण गर्ने क्रममा शालको एउटा बिरूवाको पत्तामा यो दुर्लभ कीट देखियो। पहिला यसलाई सामान्य पत्ता ठानियो, तर ध्यान लगाएर हेर्दा यसको शरीरको बनावट भिन्नै देखियो। तस्वीरहरूको परीक्षण गरेपछि यसको पहिचान टेराटोड्स मोन्टिकोलिस अर्थात हुडेड ग्रासहोपरको रूपमा भयो।

वन अधिकारीहरूले बताए, यस कीटको सबैभन्दा ठूलो विशेषता भनेको यसको अद्भुत छद्मवेश हो। यसको शरीरको माथिल्लो भाग पत्ता जस्त देखिन्छ जसले गर्दा यो शालको पत्तामा सहजै लुक्नसक्छ अनि शिकारीहरूको नजरबाट बच्छ।

विशेषज्ञहरू अनुसार यो प्रजाति भारत अनि श्रीलङ्काका केही वन क्षेत्रहरूमा पाइन्छ, तर पश्चिम बङ्गालमा यसलाई भेटिनु अत्यन्त दुर्लभ हो। यसपूर्व झाड़ग्रामको लोधाशुली क्षेत्रमा यस प्रजातिको बारेमा पत्तो लागेको थियो भने अब सोनामुखीमा यसको उपस्थितिलाी जङ्गली क्षेत्रको समृद्ध जैव विविधताको सङ्केत मानिँदैछ।

वन क्षेत्राधिकारी निलय रायले बताए, पहिला उनलाई आफ्नो आँखाले देखेको कुरामा पनि विश्वासै लागेन। तस्वीरहरूको विश्लेषण गर्दा यो दुर्लभ मुकुटधारी फटिङ्ग्रा रहेको पुष्टि भयो। उनले भने,यसको उपस्थिति सोनामुखी वन क्षेत्रको लागि सुसमाचार हो।

वन विभागले यस सम्बन्धमा उच्च अधिकारीहरूलाई जानकारी पठाएको छ। क्षेत्रमा निगरानी बढ़ाइएको छ। वनाधिकारीहरूको भनाइ छ, यो खोज यस कुराको प्रमाण हो कि जङ्गलमहलका वनहरूमा अहिले पनि अनेकौं दुर्लभ तथा अपरिचित जीव प्रजातिहरू छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande