
धुबड़ी (असम), 24 जुलाई (हि.स.)। धुबड़ी शहरको मेला घाटस्थित गदाधर नदीमा शुक्रवार बिहान डुबेर एकजना 17 वर्षीय छात्राको मृत्यु भयो।मृतकाको पहिचान अक्षरा गोवालाको रूपमा भएको छ। अक्षरा शिशुपाठशाला हायर सेकेण्डरी स्कूलमा हायर सेकेण्डरी प्रथम वर्षकी छात्रा थिइन् भने स्थानीय व्यवसायी रामचन्द्र गोवालाकी पुत्री थिइन्।
परिवारजन अनुसार घटना बिहान लगभग 10 बजे भएको हो। भनिन्छ, अक्षरा वार्ड नम्बर-1 स्थित आफ्नो घरको छेवैमा बग्ने गदाधर नदीको किनारमा गएकी थिइन्। यस अवधि तिनको खुट्टा चिप्लिएर नदीभित्र झरिन्। हेर्दा-हेर्दै तिनलाई नदीको तीव्र प्रवाहले बगाएर लग्यो।
घटनाको सूचना पाउनसाथ तिनका पिताका कर्मचारीहरू तत्कालै घटनास्थलमा पुगे। छात्रालाई खोज्न नदीभित्र पसे। पछि राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ)- को टीम पनि घटनास्थलमा पुग्यो जसले स्थानीय मानिसहरूको सहयोगमा खोजी एवं बचाउ अभियान शुरू गऱ्यो।
लगभग डेढ़ घण्टासम्म भएको खोजी अभियान पश्चात बिहान लगभग 11:20 बजे एसडीआरएफको टीमले नदीबाट अक्षराको शव निकाल्यो। त्यसपछि पुलिसले शवलाई आफ्नो कब्जामा लिएर आवश्यक कानूनी प्रक्रिया शुरू गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा