विद्यार्थीहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई समाप्त गरुन्: केशव प्रसाद मौर्य
विद्यार्थीहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई समाप्त गरुन्: केशव प्रसाद मौर्य


लखनऊ, 24 जुलाई (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, प्रधानमन्त्रीको फसेलापछि सोनम वाङ्गचुकले आफ्नो अनिश्चितकालीन अनशन समाप्त गर्नु एक स्वागतयोग्य कदम हो। यो सम्वाद औ सकारात्मक समाधानको दिशामा एक सराहनीय लोकतान्त्रिक कदम हो। उनले सबै विद्यार्थीहरूसित अपील गरेका छन्, उनीहरूले प्रधानमन्त्रीको फसेलामाथि विश्वास राख्दै आफ्नो आन्दोलनलाई समाप्त गरुन्। उनीहरूले आफ्नो भरमग्दुर ऊर्जा राष्ट्र निर्माण, शिक्षा तथा आफ्नो उज्ज्वल भविष्य निर्माणमा खर्च गरुन्।

केशव प्रसाद मौर्यले सोशल मीडिया पोस्टमा लेखे, प्रधानमन्त्रीले पेपर लीकको गम्भीरतालाई बुझेर कठोर कानून तथा फास्ट ट्र्याक कोर्ट निर्माण गर्ने फसेला गरेर करोड़ौं युवाहरूको भविष्यको रक्षा गर्ने ऐतिहासिक कदम उठाएका छन्। हामीलाई पूर्ण भरोसा छ, विद्यार्थी हितमा यस फसेलाको सकारात्मक परिणाम हासिल हुनेछ। भारतीय जनता पार्टी औ प्रधानमन्त्री नरेन्द्र मोदी सदैव देशका युवाकहरूको साथमा रहेका छन्। उनीहरूको सपनाको रक्षा गर्नको लागि मोदी सरकारले पूर्ण प्रतिबद्धताको साथमा काम गरिरहनेछ।

उपमुख्यमन्त्रीले भने, ताजा स्थितिबाट यो स्पष्ट भएको छ कि कङ्ग्रेसका राहुल गान्धी, प्रियङ्का गान्धी वाड्रा, सपाका अखिलेश यादव समेत आम आदमी पार्टीका अरविन्द केजरीवाल एवं अन्य विपक्षी दलहरूले विद्यार्थीहरूको मुद्दामाथि राजनीति गर्नु सत्ता प्राप्त गर्ने प्रयास मात्र हो। उनीहरूलाई विद्यार्थीहरूको उज्जवल भविष्यसित कुनै वास्तविक सरोकार छैन। तर उनीहरूले बुझ्नुपर्छ कि भारतका युवाहरू जागरूक छन्। राष्ट्रहितमा उनीहरू आफ्नो भज्जवल भविष्य अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विश्वास राख्दै भाजपाको साथमा छन्। यो विश्वास विकसित भारतको एक सशक्त आधार हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande