
महोबा, जुलाई 24 (हि.स.)। उत्तर प्रदेशको महोबा जिल्लामा भएको सड़क दुर्घटनामा पतिको मृत्यु भएको एक महिनापछि पनि अभियुक्तको गिरफ्तारी नभएकोमा आक्रोशित पीड़िताले शुक्रवार एसपीसित कारबाहीको माग गर्दै उजुरी दिएकी छन्। यस मामिलामा पुलिसले निष्क्रियता देखाएको आरोप लगाइएको छ।
जिल्लाको महोबकन्ठ पुलिस थाना क्षेत्रको गड़ोरा गाउँ निवासी शिवरामकी पत्नी रामकुमारीले एसपी शशांक सिंहलाई दिएको उजुरीमा उनका पति शिवरामको लगभग डेढ़ महिनाअघि 02 जूनमा जेसिबिले ठक्कर दिएपछि सड़क दुर्घटनामा दुःखद मृत्यु भएको बताएकी छन्। दुर्घटनापछि कार चालक गाड़ी सहित घटनास्थलबाट भागेको छ। 19 जूनमा कुलपहाड़ पुलिस स्टेसनमा मुद्दा दर्ता गरिएको थियो।
दुर्घटना भएको डेढ़ महिनाभन्दा बढ़ी बितिसकेपछि पनि पुलिसको हात खाली रहेको पीड़िताले आरोप लगाएकी छन्। दुर्घटनामा संलग्न चालक र गाड़ीको पुलिसले अहिलेसम्म पत्ता लगाएको छैन। पुलिसले जानाजानी मुद्दा लुकाएको आरोप लगाउँदै पीड़िताले एसपीसँग न्याय मागेकी छन्। एसपी शशांक सिंहले यस कुरालाई गम्भीरताका साथ लिएका छन् र यस मामिलामा निष्पक्ष अनुसन्धान गर्न र चाँड़ै कारबाही गर्न पुलिसलाई निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी