
पश्चिम बर्दवान, 24 जुलाई (हि.स.)। आसनसोल दक्षिण थाना क्षेत्रको महिशिलास्थित खुदीराम पार्क, शिमुलतला क्षेत्रमा बिजुली विभागको ताँबाको तार चोरी गर्न आएका तीन जना युवकहरूलाई स्थानीय मानिसहरूले ठाउँबाटै समाते। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले तीनै आरोपीहरूलाई पक्राउ गऱ्यो।
सूत्र अनुसार पछिल्लो केही महिनादेखिको यस क्षेत्रमा बिजुलीको केबल चोरी भएका घटनाहरू लगातार बढ़िरहेका थिए। यसले गर्दा राती अँध्यारो हुनसाथ बिजुली आपूर्ति हुने समस्याको सामना गर्न परिरहेको थियो। गए बिहीवार बिहान केही मानिसहरूलाई संदिग्ध परिस्थितिमा बिजुलीको केलब काट्दै गरेको देखियो जसपश्चात स्थानीय मानिसहरूले उनीहरूलाई घेरेर समाते। चोरीको लगातार बढ़्दो घटनाबाट असन्तुष्ट मानिसहरूले तीनै आरोपीहरूलाई कुटपिट गर्न शुरू गरे। सूचना पाएर आसनसोल दक्षिण थानाको पुलिस घटनास्थलमा पुग्यो अनि आक्रोशित भीड़बाट आरोपीहरूलाई सुरक्षित निकालेर हिरासतमा लियो। त्यसपछि थाना लिएर गयो।
स्थानीय मानिसहरूको भनाइ छ, यसै गिरोहको कारणले क्षेत्रमा बारम्बार बिजुलीको केबल चोरी भइरहेको थियो जसबाट बिजुली आपूर्ति प्रभावित हुँदै आएको थियो। तीनै आरोपीहरूलाई समातेपछि मानिसहरूले राहत महसूस गरेका छन्।
पुलिसले आरोपीहरूविरूद्ध चोरी तथा सार्वजनिक सम्पत्तिलाई नोक्सान पुऱ्याएको आरोप दर्ता गरेको छ। यो पनि जाँच गरिँंदैछ कि उनीहरू अन्य कुन-कुन स्थानहरूमा केबल चोरीका घटनाहरूमा सामेल रहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा