सक्रिय मनसुनमा पश्चिम बङ्गालका केही जिल्लाहरूमा वर्षा अनि वज्रपात हुने सम्भावना सक्रिय
सक्रिय मनसुनमा पश्चिम बङ्गालका केही जिल्लाहरूमा वर्षा अनि वज्रपात हुने सम्भावना सक्रिय


कोलकाता, 24 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा शुक्रवार मनसुन पूर्ण रूपले सक्रिय अनुमान छ। मौसम विभागानुसार राज्यका अदिकांस जिल्लाहरूमा दिनभरि नै बादल लागिरहनका साथै केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जन र वज्रपात हुने सम्भावना छ। केही क्षेत्रहरूमा तीव्र वर्षा पनि हुनसक्छ।

दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, पूर्व एवं पश्चिम मेदिनीपुर, खड़गपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, बीरभूम तथा विष्णुपुर क्षेत्रको आकाशलाई सामान्यतः बादलले ढाकिरहनेछ। यी जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै पानी पर्ने सम्भावना छ। अधिकतम तापमान 31-33 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 25-26 डिग्री सेल्सियसबीच रहने अनुमान छ। आद्रता 80-90 प्रतिशतसम्म कायम रहनसक्छ।

उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार तथा वरपरका जिल्लाहरूमा मनसुनी गतिविधि अधिक प्रभावकारी रहने सम्भावना छ। यी क्षेत्रहरूमा हल्कादेखि भारी वर्षा हुने अनुमान लगाइएको छ। पार्वतीय क्षेत्रहरूमा लगातार वर्षाबीच सतर्कता अप्नाउने सल्लाह दिइएको छ।

मौसम विभाग अनुसार राज्यमा दक्षिण-पश्चिम दिशाबाट नम हावा चलिरहनेछ। हावाको गति सामान्यतः 10-15 किलोमीटर प्रतिघण्टा रहनसक्छ। दिनभरि बादल लाग्ने हुनाले आद्रता कायम रहनेछ। वर्षाको कारणले तापमान घट्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande