
गान्तोक, 24 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज राजधानीको रिज पार्कमा आयोजित गुरु रिम्पोछे ठ्रुङ्गकर सेछु (गुरु पद्मसम्भव जयन्ती) को पावन समारोहमा सम्मिलित भए। यस अवसरमा राज्यपाल विशिष्ट अतिथिहरू, बौद्ध अनुयायीहरू र लामाहरूसॅंग मिलेर विधि-विधानसॅंग पूजा-अर्चना गरे र राज्यको सुख, शान्तिको कामना गरे।
लोकभवनका अनुसार, यस उत्सवको शुरुवात देवरालीस्थित द्रोडुल छोर्तेनबाट भएको थियो। छोर्तेनबाट गुरु रिम्पोछेको शोभायात्रा निकालियो र राष्ट्रिय राजमार्ग हुॅंदै रिज पार्क पुग्यो, जहॉं मुख्य समारोह आयोजन गरियो। समारोहमा विभिन्न विभागका मन्त्री, वरिष्ठ अधिकारीहरू, विद्यार्थीहरू र धर्मावलम्बीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल