स्पीकरसित भएको बहसमाथि तृणमूल विधायक कुणाल घोषले गरे दुःख व्यक्त, भाजपाले बोल्नदेखि रोकेको आरोप
स्पीकरसित भएको बहसमाथि तृणमूल विधायक कुणाल घोषले गरे दुःख व्यक्त, भाजपाले बोल्नदेखि रोकेको आरोप


कोलकाता, 24 जुलाई (हि. स.)। पश्चिम बङ्गाल विधानसभामा लगातार दुई दिनसम्म अध्यक्ष रथिन्द्र नाथ बोससित भएको चर्काचर्की पश्चात शुक्रवार तृणमूल कङ्ग्रेसका विधायक कुणाल घोषले सदनमा दुःख व्यक्त गरे। यसअघि पर्यटन मन्त्री शङ्कर घोषले उनी विरूद्ध विशेषाधिकार हनन (प्रिभिलेज मोशन)- को नोटिस दिए जसलाई विधानसभा अध्यक्षले स्वीकार गरे।

सदनको कारबाही भइरहेको समय नै अध्यक्षले शङ्कर घोषको नोटिस पढ़ेर सुनाए। नोटिसमा भनियो, बितेको बुधवार र बिहीवार भएको चर्चामा कुणाल घोषले अध्यक्षको गरिमालाई ठेस पुऱ्याए अनि उनलाई अपमान गर्ने प्रयास गरे जुनसदनको मर्यादा अनुरूप छैन।

त्यसपछि अध्यक्षले कुणाल घोषलाई आफ्नो पक्ष राख्ने अवसर दिए। कुणालले भने, उनको उद्देश्य कुनै पनि प्रकारको अध्यक्षको अपमान गर्नु थिएन। उनले भने, बेलेघाटा विधानसभा क्षेत्रबाट निर्वाचित भएपछि उनले आफ्नो क्षेत्र सहित जनहितका मुद्दाहरूलाई कैयौं पटक सदनमा उठाउन चाहन्थे, तर बारम्बार उनको नामलाई वक्ताहरूको सूचीबाट हटाइन्थ्यो।

यसमाथि पर्यटन मन्त्री शङ्कर घोषले स्पष्ट पारे, सदनमा बोल्नका लागि तृणमूल विधायक दलका चीफ व्हिपले जुन-जुन सदस्यहरूको नाम पठाउँछ, उनीहरूलाई मात्र बोल्न दिइन्छ। उनले भने, वर्तमानमा तृणमूलको पक्षबाट कुणाल घोषको नाम पठाइएको थिएन।त्यसैले उनलाई बोल्ने अवसर प्राप्त भइरहेको थिएन।

शङ्कर घोषले भने, यो तृणमूलको आन्तरिक मामिला हो जसको समाधान आपस्तमा गरिनुपर्छ, सदनको काबाहीमा बाधा दिएर होइन।

आफ्नो जवाफमा कुणाल घोषले फेरि दोहोऱ्याए, उनको उद्देश्य अध्यक्षको अपमान गर्नु थिएन, यदि उनको कुनै कुराले अध्यक्षको भावनामा चोट लागेको छ भने यसको लागि उनी दुःखी छन्।

यद्यपि पछि विधानसभा परिसरमा मिडियासित बातचित गर्दै कुणाल घोषले आरोप लगाए, भाजपाले उलाई सदनमा बोल्नदेखि रोकिरहेको छ। उनको दाबी थियो, यदि उनलाई बोल्ने अवसर दिइयो भने उनले भाजपाको कार्यशैली, पुलिसको कथित तानाशाही औ सरकारका विभिन्न गलत नीतिहरूको वास्तविकतालाई सदनमा राख्नेछन्। उनले यो पनि भने, उनको क्षेत्रका जनताले उनलाई आफ्नो आवाज उठाउनका लागि चयन गरेका हुन्। जस्तै दबाव भए पनि जनताको मुद्दा उठाउन उनले जारी राख्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande