
कोलकाता, 24 जुलाई (हि.स.)। महानायक उत्तम कुमारको 47औं पुण्यतिथिमा शुक्रवार पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दक्षिण कोलकातास्थित केवड़ातला महाश्मशानमा उनको सालिगको अनावरण गरियो। यस अवसरमा उनले महानायकको जन्म जयन्तीको अवसरमा राज्य सरकारको पक्षबाट केही महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने घोषणा पनि गरे।
मुख्यमन्त्रीले उत्तम कुमारको स्मृतिमा स्थापित स्मारक पट्टिकाको पनि अनावरण गरे तथा उनलाई पुष्पाञ्जली अर्पण गरे। वर्ष 1980- मा 54 वर्षको आयुमा महानायकको निधन भएको थियो भने उनको अन्तिम संस्कार यसै महाश्मशानमा गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, महानायक उत्तम कुमारको जन्म जयन्तीको अवसरमा आगामी 3 सेप्टेम्बरदेखि चार दिनसम्म राज्यभरि नै विशेष कार्यक्रम आयोजना गरिनेछ। उनले बताए, यी आयोजनहरूको रूपरेखा अभिनेताका परिवार अनि बङ्गला फिल्म उद्योगका प्रतिनिधिहरूसित परामर्श गरेपछि अन्तिम रूप दिइनेछ।
मुख्यमन्त्रीले यो पनि घोषणा गरे, महानायकको नाममा बनिएको उत्तम मञ्चको आधुनिकीकरण अनि जीर्णोद्धार गरिनेछ। यस अतिरिक्त राज्य सरकारको फिल्म केन्द्र नन्दन अथवा कुनै अन्य उपयुक्त स्थानमा जन्म जयन्तीको अवसरमा एक भव्य स्मृति समारोह आयोजना गरिनेछ। राज्य सरकारले उनको स्मृतिमा एक समर्पित फिल्म केन्द्र पनि स्थापना गरिनेछ।
मुख्यमन्त्रीले भने, केवड़ातला महाश्मशानमा प्रतिमा स्थापित गर्ने निर्णय यसकारणले लिइएको हो, किनभने यहीँ नै महानायकको अन्तिम संस्कार भएको थियो। उनको जन्मजयन्ती राज्यभरि नै व्यापक रूपमा मनाइनेछ।
यस अवसरमा मुख्यमन्त्रीले उत्तम कुमारका परिवारजनसित भेट गरे अनि कार्यक्रममा सामेल हुनका लागि उनीहरूप्रति आभार प्रकट गरे। त्यसपछि उनले भवानीपुरस्थित महानायकको पैतृक आवासको पनि दौड़ाह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा