विधानसभा उपाध्यक्ष थापाले दिइन् गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको शुभकामना
सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा


गान्तोक, 24 जुलाई (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको पवित्र एवं शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक अभिवादन एवं शुभकामना व्यक्त गरेकी छन्।

उपाध्यक्ष थापाले आफ्नो सन्देशमा भनेकी छन्, 'यो पवित्र दिनले गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को परिनिर्वाणको स्मरण गराउॅंछ। बौद्ध धर्मको शिक्षा फैलाउन तथा अनगिन्ती प्राणीहरूलाई ज्ञान र करुणाको मार्गमा डोऱ्याउन उहाँको अतुलनीय योगदानको सम्झना गराउँछ।'

उनले यस शुभ अवसरमा हामी गुरु रिम्पोछेका कालातीत शिक्षाहरूमा चिन्तन गरौं र हाम्रो दैनिक जीवनमा दया, सद्भाव, नम्रता र करुणाको खेती गर्न प्रयास गरौं भनी आह्वान गरेकी छन्। उनले गुरु रिम्पोछेको दिव्य आशीर्वादले हामीलाई अवरोधहरू पार गर्न, हाम्रो विश्वासलाई बलियो बनाउन र सबैको कल्याणको लागि काम गर्न प्रेरित गरून् भनी कामना गरेकी छन्।

उपाध्यक्ष थापाले यो पवित्र अवसरले प्रत्येक परिवारमा शान्ति, खुशी, सुस्वास्थ्य र समृद्धि ल्याओस् तथा हाम्रो राज्य र राष्ट्र एकता, सद्भाव र करुणाको भावनामा निरन्तर प्रगति गरून् भनी प्रार्थना गरेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande