विद्यार्थी आन्दोलनको राजनीतिक दुरूपयोग तथा पत्रकारहरूमाथि भएको हमलाको एबीवीपीले गऱ्यो निन्दा
विद्यार्थी आन्दोलनको राजनीतिक दुरूपयोग तथा पत्रकारहरूमाथि भएको हमलाको एबीवीपीले गऱ्यो निन्दा


कोलकाता, 25 जुलाई (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी), दक्षिण बङ्गालले छात्र आन्दोलनको राजनीतिक दुरुपयोग तथा आन्दोलन अवधि पत्रकारहरूमाथि भएको कथित हमलाको निन्दा गरेको छ। परिषदले भन्यो, विद्यार्थीहरूका उचित मागहरूलाई राजनीतिक स्वार्थको लागि उपयोग गर्नु तता लोकतन्त्रको चौथो स्तम्भ समाचार माध्यमहरूका प्रतिनिधिमाथि मानसिक अनि शारीरिक दुर्व्यवहार गर्नु भनेको चिन्ताजनक विषय हो।

शनिवार जारी विज्ञप्तिमा एबीवीपीले भन्यो, नीट प्रश्नपत्र प्रकरणमा केन्द्र सरकारले तत्काल तथा उत्तरदायीपूर्ण कारबाही गरेको छ। दोषीहरूविरुद्ध कठोर कदम, जाँच, प्रशासनिक सुधार तथा विद्यार्थीहरूको हित रक्षाको लागि गरिएको प्रयासले सरकारको प्रतिबद्धतालाई दर्शाउँछ। परिषदले यस सम्बन्धमा प्रधानमन्त्री मोदी, केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा तथा केन्द्रिय मन्त्री डा. जितेन्द्र सिंहले गरेका पहललाई स्वागत गरे।

एबीवीपीका राज्य सचिव नीलकण्ठ भट्टाचार्यले भने, विद्यार्थीहरूको उचित मागलाई लिएर हुने कुनै पनि आन्दोलन शान्तिपूर्ण, लोकतान्त्रिक औ रचनात्मक हुनुपर्छ। उनको आरोप छ, केही वामपन्थी सङ्गठनहरूले विद्यार्थीहरूको भावनाको राजनीतिक उपयोग गरी समाजमा विभाजन अनि राष्ट्रविरोधी सोचलाई प्रेरित गर्ने प्रयास गरिरहेको छ जुन चिन्ताजनक हो।

उनले भने, आन्दोलन अवधि आफ्नो कर्तव्य पालन गरिरहेका पत्रकारहरूमाथि हमला हुनु भनेको लोकतान्त्रिक मूल्य तथा समाचार माध्यमहरूको स्वतन्त्रतामाथि सोझै आघात हो। एबीवीपीको मान्यता छ, विद्यार्थीहरूको हित रक्षाको मार्ग हिंसा, भ्रम वा राष्ट्रविरोधी प्रचार हुनसक्दैन। शिक्षा क्षेत्रका समस्याहरूको स्थायी समाधान पारदर्शिता, जवाफदेही, लोकतान्त्रिक सम्वाद औ संस्थागत सुधारहरूको माध्यमबाटै सम्भव छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande