
कोलकाता, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारकी शहरी विकास तथा महिला एवं शिशु कल्याण मन्त्री अग्निमित्रा पालले शनिवार कोलकाताको ऐतिहासिक कलेज स्ट्रीटको दौड़ाह गरी प्रस्तावित विकास कार्यहरूको जायजा लिइन्। यस अवसरमा उनको साथमा कोलकाता नगरनिगम (केएमसी)- का वरिष्ठ अधिकारी, पुलिस प्रशासन, इञ्जीनियरिङ्ग विभाग, एडीएम सहित विभिन्न विभागीय अधिकारीहरू उपस्थित थिए।
निरीक्षण पश्चात पत्रकारहरूसित बातचित गर्दै मन्त्री अग्निमित्रा पालले भनिन्, सरकारले कलेज स्ट्रीटको एक भागलाई आधुनिक तथा व्यवस्थित स्वरूप दिने योजनामाथि काम गरिरहेको छ। यसको लागि अधिकारीहरूसित बिहान विस्तृत निरीक्षण गरियो ताकि 'नो व्हीकल जोन' कुन दिशामा बनाउन सकिन्छ, तय गर्न सकियोस्।
उनले बताइन्, प्रस्तावित योजना अन्तर्गत यी सड़कहरूमा साइकल तथा ब्याट्री चालित वाहनहरू बाहेक अन्य कुनै पनि वाहनहरूलाई प्रवेश गर्ने अनुमति हुनेछैन। साथै सड़कको किनारमा अवस्थित पसलहरूलाई एक समान डिजाइनमा विकसित गरिनेछ जसमा पुस्तक, कपी, नोटबुक तथा शैक्षणिक सामग्रीहरू मात्र बेचिनेछ जसबाट कलेज स्ट्रीटको ऐतिहासिक औ शैक्षणिक पहिचानलाई अझ मजबुत बनाुन सकियोस्।
मन्त्रीले स्पष्ट पारिन्, सम्पूर्ण कलेज स्ट्रीटलाई नो व्हीकल जोन बनाउनु सम्भव छैन, किनभने यहाँ केही प्रमुख शिक्षण संस्थानहरू अवस्थित छन्।यद्यपि केही चयनित सड़कहरूलाई मात्र यस योजना अन्तर्गत विकसित गर्नको लागि काम गरिँदैछ।
मन्त्रीले विश्वास व्यक्त गरिन्, मानिसहरूको सहयोगले कलेज स्ट्रीटलाई त्यसको ऐतिहासिक गरिमालाई कायम राख्दै एक आधुनिक, सुव्यवस्थित तथा पैदल यात्रीहरू अनुकूल क्षेत्रको रूपमा विकसित गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा