सेवाश्रय शिविर प्रकरणमा अभिषेक ब्यानर्जी विरुद्ध थप अर्को प्राथमिकी दर्ता
सेवाश्रय शिविर प्रकरणमा अभिषेक ब्यानर्जी विरुद्ध थप अर्को प्राथमिकी दर्ता


कोलकाता, 25 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेस सांसद अभिषेक ब्यानर्जीविरुद्ध थप अर्को प्राथमिकी दर्ता गरिएको छ। यो मामिला प्यालानस्थित एक रिसोर्टमा बलजफ्ती स्वास्थ्य शिविर आयोजनसित सम्बन्धित छ। रिसोर्टका प्रतिनिधि समीरण रायको सिकातमा विष्णुपुर थानामा मामिला दर्ता गरिएको छ। सिकायतमा अभिषेक ब्यानर्जीका पूर्व निकट सहयोगी समित राय तथा विधायक दिलीप मण्डलको नाम पनि सामेल छ। पुलिसले सिकायतको आधारमा प्राथमिकी दर्ता गरी अनुसन्धान गर्न शुरू गरेको छ।

सिकायत अनुसार सेवाश्रय कार्यक्रमको लागि रिसोर्टलाई लगभग 40 दिनसम्म बन्द राख्नुपऱ्यो। यस अवधिमा 110-120 चिकित्सक तथा कर्मचारीहरूको गाँस-बाँस तता आवागमनको व्यवस्था रिसोर्ट प्रबन्धनले गर्नुपऱ्यो। आरोप छ, यस सम्पूर्ण आयोजनको व्यय पनि रिसोर्ट प्रबन्धनले नै वहन गर्नुपऱ्यो जसले गर्दा पर्यटन सत्रमा रिसोर्टलाई ठूलो नोक्सान भयो।

सिकायतमा यो पनि आरोप लगाइएको छ, विधायक दिलीप मण्डल र सुमित रायले रिसोर्टका मालिकमाथि दबाव दिए। स्थानीय शिविर सञ्चालनको नाममा अतिरिक्त धन पनि असुल गरियो। आरोप छ, धन नदिए रिसोर्टमा तोड़फोड़ तथा व्यक्तिगत सुरक्षालाई क्षति पुऱ्याउने धम्की दिइयो। सिकायत अनुसार वर्ष 2025 र वर्ष 2026- मा सेवाश्रय तथा सेवाश्रय- दुई कार्यक्रमहरूको कारणले रिसोर्टलाई 20-25 लाख रुपियाँको आर्थिक क्षति भयो।

रिसोर्टको पक्षबाट सिकायतकर्ता समीरण रायले भनेका छन्, सबै आरोपीहरू प्रभावशाली व्यक्तिहरू हुन्। त्यसैले डरको कारणले उनले अहिलेसम्म सिकायत दर्ता गराउन सकेका थिएनन्। राज्यमा सरकार परिवर्तन भएपछि साहस गरेर उनले पुलिसको ढोका ढक्ढकाएका हुन्। उनको सिकायतको आधारमा पुलिसले बलजफ्ती असुली तथा भ्रष्टाचार निरोधक अधिनियमका विभिन्न धाराहरू अन्तर्गत अभिषेक ब्यानर्जीविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande