
गुवाहाटी, 25 जुलाई (हि.स.)। असममा बाढ़ीको स्थिति अत्यन्त भयानक भएको छ। सबैभन्दा अधिक माथिल्लो असमका शिवसागर, चराइदेव एवं जोरहाट जिल्ला यस आपदाबाट प्रभावित भएका छन्। राहत एवं बचाउ कार्यमा सरकारसँगसँगै विभिन्न एजेन्सीहरू पनि जुटेका छन्। यसमा भारतीय सेनाले पनि मानिसहरूलाई मद्दत गर्नको लागि अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा आज मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भारतीय सेनाको व्यापक प्रशंसा गरे।
मुख्यमन्त्रीले आफ्नो पोस्टमा भनेका छन्, अपरेशन जल राहत साहस, सेवा एवं मानवताको एक अद्वितीय उदाहरण हो।
उनले भनेका छन्, उत्तर असमका बाढ़ी प्रभावित क्षेत्रहरूमा भारतीय सेनाको रेड शिल्ड डिभीजनका जवानहरूले 'अपरेशन जल राहत'- को माध्यमबाट लगातार बचाउ, मद्दत औ पुनर्वासको काम गरिरहेका छन्। हजारौं मानिसहरूलाई सुरक्षित निकाल्नको साथै उनीहरूले बाढ़ी प्रभावित मानिसहरूको लागि समयमै भोजन, पानी, चिकित्सा सेवा औ अन्य आवश्यक वस्तुहरू उपलब्ध गराए। सेनाको इञ्जीनियरिङ्ग टीमले पनि विच्छिन्न भएका क्षेत्रहरूमा सम्पर्क बहाल गर्नमा असैनिक प्रशासनलाई मद्दत पुऱ्यायो।
यस कठिन समयमा भारतीय सेना, असैनिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ औ सबै सम्बन्धित सङ्गठनहरूको साहस, समन्वय औ समर्पित सेवाको लागि हृदयबाटै सबैलाई धन्यवाद।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा