हैलाकान्दीमा भयानक आगलागी, 22 वटा पसलहरू खरानीमा परिणत
हैलाकान्दीमा भयानक आगलागी, 22 वटा पसलहरू खरानीमा परिणत


हैलाकान्दी (असम), 25 जुलाई (हि.स.)। असमको हैलाकान्दी जिल्ला अन्तर्गत जयकृष्णपुर बजारमा बितेको राति भयानक आगो लाग्यो। आगोले लगभग 22 वटा पसलहरूलाई खरानीमा परिणत गरिदियो। यस आगलागीमा करोड़ौं रुपियाँको सम्पत्ति जलेर नष्ट भएको आशङ्का व्यक्त गरिएको छ।

आगोले हेर्दा-हेर्दै बजारका केही भागहरूलाई आफ्नो चपेटमा लियो। सूचना पाउनसाथ दमकलकर्मीहरू घटनास्थलमा पुगेर आगो निभाउने अभियानमा जुटे। कड़ा परिश्रम गरेर दमकलकर्मीहरूले आगोलाई नियन्त्रण गरे। घटनामा कुनै पनि प्रकारको जनहानी भएको सूचना प्राप्त भएको छैन। आगलागीको कारण बारे अहिलेसम्म पत्तो लाग्न सकेको छैन। प्रशासनले क्षय-क्षतिको मूल्याङ्कन गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande