
कोलकाता, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा शनिवार पनि मनसुन सक्रिय रहने सम्भावना छ। मौसम विभाग अनुसार राज्यका अधिकांश जिल्लाहरूमा दिनभरि बादल लाग्नेछ भने धेरै वटा स्थानहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। उत्तर बङ्गालका पार्वतीय तथा तराई क्षेत्रहरूमा कुनै ठाउँ घना वर्षा हुने सम्भावना छ।
दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर सहित केही जिल्लाहरूमा अपरान्ह अथवा साँझको समयमा बिजुली चम्किनको साथै पानी पर्नसक्छ। अधिकतम तापमान 31-33 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 26-27 डिग्री सेल्सियसबीच रहने अनुमान छ। आद्रता अधिक रहनाले च्याप-च्याप्ती गर्मी हुनसक्छ।
जङ्गल महल क्षेत्रका झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पश्चिम मेदिनीपुरसँगसँगै पूर्व मेदिनीपुर, बीरभूम औ विष्णुपुर (बाँकुड़ा)-मा शनिवार मौसम मुख्य रूपमा बादलपूर्ण रहने अनुमान व्यक्त गरिएको छ। दिनभरि नै रोकिँदै हल्कादेखि-मध्यम वर्षा तथा केही स्थानहरूमा मेघ-गर्जनसितै पानी पर्नसक्छ। अधिकतम तापमान 31-33 डिग्री सेल्सियस औ न्यूनतम 25-27 डिग्री सेल्सियसबीच रहने सम्भावना छ। आद्रता 80-90 प्रतिशत रहनाले बाफिने गर्मी हुनेछ।
उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा वरपरका क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा हुने अनुमान छ। मौसम विभागले मानिसहरूलाई प्रतिकूल मौसममा सतर्क रहने तथा आवश्यक भए मात्र यात्रा गर्ने सल्लाह दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा