
भुवनेश्वर, 25 जुलाई (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन माझीले केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा दिने फसेलाको सराहना गर्दै यसलाई सशक्त सिद्धान्त तथा सार्वजनिक सेवाप्रति अटुट प्रतिबद्धताको प्रतीक बताएका छन्। मुथ्यन्त्रीले आफ्नो सोशल मीडिया पोस्टमा भने, केन्द्रिय शिक्षामन्त्रीको रूपमा धर्मेन्द्र प्रधानले कही परिवर्तनकारी सुधारहरूको नेतृत्व गरे जसमा ऐतिहासिक राष्ट्रिय शिक्षा नीति (NEP) 2020 विशेष रूपमा उल्लेखनीय छ। उनले भने, यस नीतिले देशभरिका लाखौं-करोड़ौं विदयार्थीहरूको भविष्यको लागि एक मजबुत आधार बनाइदिएको छ।
मुख्यमन्त्री माझीले बल दिँदै भने, उच्च नैतिक मूल्यहरूलाई सर्वोपरि राख्दै लिइएको उनको राजीनामा दिने निर्णयले उनको गहिरो सिद्धान्त एवं नैतिक सार्वजनिक जीवनप्रति समर्पणलाई दर्शाउँछ। उनले विश्वास व्यक्त गरे, धर्मेन्द्र प्रधानले आगामी दिनमा पनि देशको लागि सफलतापूर्वक योगदान दिरहनेछन्। साथै उनले भगवान जगन्नाथसित उनको उज्जवल भविष्य तथा आगामी यात्राको लागि आशीर्वादको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा