
सिलगढ़ी, 25 जुलाई (हि.स.)। नीट प्रश्नपत्र लीक मामिलालाई लिएर देशभरिनै विरोध प्रदर्शन तीव्र भएको छ। कङ्ग्रेस नेता राहुल गान्धी र प्रियङ्का गान्धी सहित पार्टीका केही वरिष्ठ नेताहरूले यस मुद्दामा सरकारको विरोधमा खुलेर आवाज उठाइरहेका छन्।
यसै क्रममा शनिवार सिलगढ़ीको नक्सलबाड़ीस्थित बिरसा मुण्डा कलेजमा आदिवासी कङ्ग्रेसको नेतृत्वमा व्यापक विरोध प्रदर्शन गरियो। प्रदर्शनकारीहरूले नीटमा भएको कथित भ्रष्टाचारको निष्पक्ष जाँच गर्ने अनि केन्द्रिय शिक्षामन्त्रीको राजीनामाको माग गरे।
यस प्रदर्शनमा राज्य आदिवासी कङ्ग्रेसकी चेयरम्यान नवनिता तिर्की, नक्सलबाड़ी ब्लक कङ्ग्रेस अध्यक्ष मोहम्मद इमरान समेत अन्य ब्लक स्तरका नेताहरू उपस्थित थिए।
राज्य आदिवासी कङ्ग्रेसकी चेयरमैन नवनिता तिर्कीले भनिन्, शिक्षाको नाममा व्यापक रूपमा भ्रष्टाचार भइरहेको छ। जबसम्म शिक्षामन्त्रीले राजीनामा दिँदैनन् तबसम्म आन्दोलन जारी रहनेछ। उनले चेताउनी दिइन्, आगामी दिनमा उनीहरूले घर-घरमा गएर विद्यार्थीहरूको समस्यालाई सुन्नेछन् अनि यस आन्दोलनलाई अझ व्यापक रूप दिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा