
सिलगढी, 25जुलाई (हि.स.)। नयाँ जलपाइगढ़ी जीआरपी र सिलगढ़ी मुख्यालय विशेष सञ्चालन समूह (एसओजी) ले ठूलो सफलता पाएको छ। नयाँ जलपाइगढ़ी रेलवे स्टेशनको प्लेटफर्म नम्बर तीनमा खड़ा गरिएको अप काञ्चनजङ्घा एक्सप्रेसमा हिजो राति संयुक्त खोजी अभियान चलाइयो र ठूलो मात्रामा खोकीको सिरप जफत गरियो। यस मामिलामा त्रिपुराका बासिन्दा दुई तस्कर मोहम्मद सोजाज र नाहिमुद्दिनलाई पक्राउ गरिएको छ।
पुलिसले रेलको जनरल कोचमा खोजी अभियान चलाएको थियो, जहाँबाट सन्दिग्ध यात्रुहरूले राखेको दुई वटा ट्राली ब्याग र दुई वटा ब्याकप्याकको जाँचपछि कूल 159 बोतल खोकीको सिरप जफत गरियो। जफत गरिएका समानको मूल्य लाखौँ रुपियाँ रहेको अनुमान गरिएको छ। पुलिस सूत्रहरू अनुसार, अभियुक्तहरू अप काञ्चनजङ्घा एक्सप्रेसमा सवार भएर कोलकाताबाट त्रिपुरा गइऱहेका थिए। यस मामिलामा कुनै अन्तरराज्यिय तस्करी गिरोह संलग्न छ कि छैन भनेर पनि अनुसन्धान भइरहेको छ।
अभियुक्तहरू विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई शनिवार जलपाइगढ़ी अदालतमा पेश गरिनेछ र पुलिस हिरासतको माग गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी