
झारग्राम, 25 जुलाई (हि.स.)। लागुऔषध तस्करी विरुद्ध एउटा ठुलो कारबाहीमा झारग्राम पुलिसले शुक्रवार राति बालिभासा फ्लाइओभर नजिकै फलामको पाइपले भरिएको लरीबाट लगभग 1,200 बोतल कन्ट्राब्यान्ड खोकी सिरप जफत गरेको छ। यस सम्बन्धमा लरी चालकलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार, कोलकाताबाट ओडिसातिर जाँदै गरेको फलामको पाइपले भरिएको लरीबारे सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा गाड़ीलाई रोकेर बालिबासा फ्लाइओभर, झारग्राम नजिकै खोजी गरियो। खोजीको क्रममा लरीबाट प्रतिबन्धित खोकी सिरपको लगभग 1,200 बोतल जफत भयो।
पक्रा परेको चालक झारखण्ड निवासी राजु मुन्डारीका रूपमा पहिचान गरिएको छ। पुलिसले उसलाई हिरासतमा लिएको छ र सोधपुछ गरिरहेको छ।
झारग्राम जिल्ला पुलिसले प्रतिबन्धित खोकीको सिरप कहाँबाट ल्याइएको थियो, कहाँ डेलिभरी गर्ने थियो र तस्करी गिरोहमा अरू को-को संलग्न छ भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ। पुलिसले सम्पूर्ण मुद्दाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी