गुड़िरहेको बाइकमा आगो लाग्यो, दुई जना युवक भाग्यले बचे
गुड़िरहेको बाइकमा आगो लाग्यो, दुई जना युवक भाग्यले बचे


कुचबिहार, 25 जुलाई (हि.स.)। गुड़िरहेको बाइकमा अचानक आगो लाग्दा क्षेत्रमा कोकोहोलो मचियो। गए शुक्रवार अबेर राती लगभग डेढ़ बजे चेङ्गड़ाबान्धा बाइपासको छेउमा अवस्थित एउटा पेट्रोल पम्प नजिकै यो घटना भएको हो। तथापि बाइक सवार दुई जना युवकहरू समयमै बलिरहेको बाइकबाट उत्रिन सफल भएको कारणले ठूलो दुर्घटना हुनदेखि बच्यो।

मेखलीगञ्ज थाना सूत्र अनुसार सिलगढ़ीदेखि कुचबिहारको देवानहाट तर्फ गइरहेका जयन्त बर्मन र शुभङ्कर दे सरकार नामक दुई जना युवकहरूले चेङ्गड़ाबान्धाको छेउमा पुगेपछि आफूहरू सवार बाइकको इञ्जिनबाट धुँवा निक्लिरहेको देखे। स्थितिको गम्भीरतालाई बुझेर हतार-हतार उनीहरू बाइकबाट उत्रिेए।

त्यसपछि क्षणभरमै बाइक तीव्र आगोको प्रकोपमा परेर क्षतिग्रस्त भयो। संयोगवश नजिकै चेङ्गाबान्धा नाका चेक पोस्ट भएको कारणले मेखलीगञ्ज पुलिस तत्कालै घटनास्थलमा पुग्यो। दमकललाई पनि सूचना दिइयो। दमकलको टीमले आगोलाई नियन्त्रण गऱ्यो, तर त्यसबेलासम्ममा आगो पूर्ण रूपले जलिसकेको थियो। बाइकमा आगो लाग्नुको कारण पत्तो लगाउन पुलिसले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande