
कोलकाता, 25 जुलाई (हि.स.)। नीट प्रश्नपत्र लीक एवं शिक्षा क्षेत्रमा कथित भ्रष्टाचारको विरोधमा शनिवार कोलकातामा प्रस्तावित ऱ्याली गर्ने अनुमति नपाएपछि तृणमूल छात्र परिषद (टीएमसीपी)-ले कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाएको छ। मामिलाको सुनवाई गर्नको लागि शनिवार अवकाश भए पनि उच्च अदालतको विशेष पीठ बसिरहेको छ।
टीएमसीपीको भनाइ छ, उसले गए 23 जुलाईको दिन कोलकाता पुलिससित ऱ्याली गर्ने अनुमति मागेको थियो। प्रस्तावित कार्यक्रम अनुसार शनिवार अपरान्ह 2 बजेदेखि साँझ 6 बजेसम्म पद्मपुकुरदेखि सीआईटी रोड हुँदै मौलाली मोड़सम्म मार्च निकाल्ने योजना थियो। तथापि पुलिसले अनुमति दिन अस्वीकार गरेपछि सङ्गठन अदालतको शरणमा पुगेको छ।
सङ्गठनको पक्षबाट तत्काल सुनवाई गर्ने माग गरिएको छ। यस मामिलाको सुनवाई अपरान्ह लगभग 3 बजे न्यायमूर्ति सौगत भट्टाचार्यको विशेष पीठमा हुनेछ। अदालतले यो तय गर्नेछ, प्रस्तावित ऱ्याली गर्ने अनुमति दिनु वा नदिनु।
उल्लेखनीय छ, गए शुक्रवार पनि नीट प्रश्नपत्र लीक, शिक्षामा कथित भ्रष्टाचार औ केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागमा कोलकातामा विभिन्न विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका थिए। धर्मतलामा प्रदर्शन अवधि हिंसा, पुलिसमाथि हमला तथा मिडिया कर्मीहरूमाथि हमला जस्ता घटनाहरू भएका थिेए।
यस मामिलामा कोलकाता पुलिसले अहिलेसम्ममा सात वटा प्राथमिकी दर्ता गराइसकेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा बताए, यी मामिलाहरूमा हालैमा पारित पब्लिक सेफ्टी एक्टका धाराहरू लगाइएको छ। उनले भने, पुलिसले 70 जना मानिसहरूलाई चिन्हित गरेको छ जसको विद्यार्थी आन्दोलन र नीट विरोधी प्रदर्शनसित कुनै सम्बन्ध छैन। पुलिसले सबै आरोपीहरूविरूद्ध कड़ा कारबाही गर्ने चेताउनी दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा